|

इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई हराएसँगै प्लेअफ सम्भावना बलियो बनाएको छ। सोमबारको खेलमा
पञ्जाबलाई १७ रनले हराएकाे दिल्ली बैंगलोरलाई पछि पार्दै चौथो स्थानमा उक्लिएकाे हाे।

दिल्लीले दिएको १६० रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो। पञ्जाबका लागि जितेश शर्माले सर्वाधिक ४४ रन बनाए। त्यस्तै राहुल चाहरले अविजित २५ रन जोडे। जोनी बेयरिस्टोले २८ रन जोड्दा शिखर धवन १९ रनमा आउट भए।

दिल्लीका शार्दुल ठाकुरले चार तथा अक्षर पटेल र कुलदीप यादवले २-२ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन जोडेको थियो।

दिल्लीका लागि मिचेल मार्शले ६३ रनको अर्धशतकीय इनिङ खेल्दा सर्फराज खानले ३२ रन जोडेका थिए। त्यस्तै ललित यादवले २४ रन बनाउँदा अक्षर पटेल १७ रन अविजित रहे। पञ्जाबका लियाम लिभिङस्टोन र अश्रदिप सिंहले ३-३ विकेट लिएका थिए।

दिल्लीले १३ खेलमा १४ अंक जोडेको छ। पञ्जाब १३ खेलमा १२ अंक जोडेर सातौँ स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.