|

बागलुङ : जिल्लाको बरेङ गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा विजयी भएका छन्। शर्मा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन्। पाँच दलीय गठबन्धनका उम्मेदवार शर्माले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदीप थापालाई १३६९ मतान्तरले पराजित गरेका छन्।

शर्माले ३ हजार ६०१ मत प्राप्त गर्दा एमालेका थापाले २ हजार २३२ मत प्राप्त गरेका छन्। गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिलिप कुमार पुन विजयी भएका छन्। पुनले एमालेकी दुर्गा कार्की थापा क्षेत्रीलाई १७२७ मतान्तरले पराजित गरेका छन्।

पुनले ३ हजार ६८२ मत प्राप्त गर्दा क्षेत्रीले १ हजार ९५५ मत प्राप्त गरेकी छन्। गाउँपालिकाको वडा १ मा गठबन्धनकै तर्फबाट राष्ट्रिय जनमोर्चाका नरसिंह पुन १ हजार ४ सय ४१ मत प्राप्त गरि विजयी भएका छन्। वडा २ को अध्यक्षमा जनमोर्चाकै हिराबहादुर घर्ती ८ सय ९९ मत प्राप्त गरि विजयी भएका छन्। 

वडा -३ मा नेकपा एमालेका शेरबहादुर खनाल क्षेत्री ८ सय ४१ मत प्राप्त गरि विजयी भएका छन्। वडा-४ मा नेपाली कांग्रेसका किसन बहादुर खत्री ३ सय २९ मत प्राप्त गरि विजयी भएका छन्। वडा-५ मा नेपाली कांग्रेसका अमरबहादुर शेरवुजा ४ सय ४५ मत प्राप्त गरि वडा अध्यक्षमा विजयी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.