उपाध्यक्षमा माओवादीकी दर्लामी

|

गुल्मी : कालीगण्डकी गाउँपालिकामा नेपाली कांग्रेसका बेदबहादुर थापा दोस्रो कार्यकालका लागि विजयी भएका छन्।

चार हजार ८१० मत ल्याएर उनी पुन: गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामजी ढकालले चार हजार ६७७ मत ल्याएका छन्।

उपाध्यक्षमा  माओवादी केन्द्रकी मञ्जु दर्लामी मगर विजयी भएकी छिन्। उनले  चार हजार ४८४  मत प्राप्त गरेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।

उनकी प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी तारा थापाले चार हजार ३८४ मत प्राप्त गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.