सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका बालकृष्ण बस्नेत विजयी भएका छन्।
बस्नेत सात हजार ७२८ मत प्राप्त गरी नगरप्रमुख निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गरे।
यस्तै ६ हजार ९७७ मत प्राप्त गरी कांग्रेसकी मञ्जु तामाङ उपप्रमुखमा निर्वाचित भइन्।
उनकी निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीला पाख्रिनले पाँच हजार ९९० मत प्राप्त गरिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।