|

सिन्धुली : जिल्लाको घ्याङलेख गाउँपालिकाको अध्यक्षमा गठबन्धन दल नेपाली कांग्रेसका जगतबहादुर भोलन विजयी भएका छन्। सोमबार साँझ सम्पन्न मत परिणामअनुसार भोलनले २ हजार १ सय २ मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।

भोलनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चेतुरमान लोलाई ७ सय १९ मतान्तरले पराजित गरेका छन्। पराजित नेकपा एमालेका उम्मेदवार चतुर मान लोले १ हजार ३ सय ८३ मत ल्याएका छन्।

त्यस्तै उपाध्यक्षमा गठबन्धन दल नेकपा(माओवादी केन्द्र) का शंकर मान घलानले २ हजार ९ सय ८३ मत ल्याएर विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उपाध्यक्षका उम्मेदवार प्रमिला वाईबालाई १ हजार ४ सय ५५ मतान्तरले पराजित गरेका
हुन्। पराजित वाईवाले १ हजार ५ सय २८ मत ल्याएकी छिन्।

५ वटा वडा रहेको घ्याङलेख गाउँपालिकामा वडा नं. १, २, ४ र ५ मा नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष सहित प्यानल नै विजयी भएका छन्। वडा नं. ३ मा भने नेकपा एमालेको अध्यक्ष सहित प्यानल नै विजयी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.