'बढीमा २० पालिका प्रमुखमा मात्रै जित्‍ने भयौँ'

|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विषयमा समिक्षा गर्नुपर्ने बताएका छन्। मंगलवार २९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले गठबन्धनको विषयमा समिक्षा गरिने बताएका हुन्। 

उनले भने, ‘हाम्रो पार्टी निर्माणका सवालमा हामीले गम्भिर छलफल चलाउनुपर्ने आवश्यकता छ। हामी निर्वाचनको पनि गम्भिर समिक्षा गर्नेछौँ । गठबन्धनको पनि समिक्षा हामी गर्नेछौँ। समिक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटी गर्‍यौँ र आगामी दिनमा हामीले के कुरामा होस गर्नुपर्ने हो। त्यस हुनाले हामीले अहिलेसम्मको निर्वाचनको परिणाम अवश्यपनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला। संख्याको हिसाबले ५०० को सदस्यको तहलाई अहिले हामी नाघिरहेका छौँ।’

स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको गुनासो गरे। पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नआएको भन्दै गठबन्धनका घटकहरूले नै आफूहरुसँग सहकार्य गर्न नचाहेको उल्लेख गरे। 

‘सय जनाको संख्यामा वडा अध्यक्ष जित्ने स्थिति बनाएका छौँ। झन्डै १५/२० जना पालिकाका प्रमुख, उपप्रमुख जित्ने स्थिति बनेको छ। कतिपय ठाउँहरुमा राम्रै अवस्था पनि छ। अझैपनि कतिपय ठाउँहरुमा हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौँ’ उनले भने, ‘गठबन्धन दलका सदस्यहरुले हामीसँग सहकार्य गर्न चाहेनन्। हाम्रा आफ्नै कुराहरु होलान्। अरूका आफ्नै गुनासाहरू होलान्। जे सुकै गरेपनि यो पार्टीलाई बलियो जगमा उभ्याउनु पर्नेछ।’

पार्टीलाई बलियो जगमा उभ्याउँदै जनताको माझमा क्रियाशिल गराउन नेता, कार्यकर्ताहरूलाई आग्रह गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.