|

सर्लाही :सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्विप गरेको छ। यसअघिको निर्वाचनमा राजपाबाट निर्वाचित भई हाल लोसपाको पोल्टामा रहेको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सहित सबै पदमा बाजी मार्दै कांग्रेसले क्लिनस्विप गरेको हो।

अध्यक्षमा रामपदारथ साह ४ हजार ६६८ मतसहित निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा राप्रपा प्रजातान्त्रिकबाट उठेका ७६ वर्षीय रामपदारथ साह नेतृत्वको टिमले तत्कालिन राजपाका कमाण्डर ३९ वर्षीय विनोद कुमार साहसँग लज्जास्पद् हार व्यहोरेको थियो ।

तर यो पटक उनै ८० वर्षीय रामपदारथले अधिकांश पुरानै सारथि सहित कांग्रेसी कमाण्डर बन्दै राजपाबाट लोसपाका कमाण्डरमा रुपान्तरण भएका ४४ वर्षीय विनोदको उहि पुरानै टिमसँग बदला लिएरै छाडे । विनोद यो पटक रामपदारथ भन्दा एकहजार ३९७ मतले पछाडी परे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.