|

दाङ : जिल्लाका १० स्थानीय तह मध्य  मंगलबार बिहानसम्म ५ वटा नतिजा आएको छ। जस मध्ये एक स्थानीय तहमा गठबन्धनले जितेको छ, भने  अन्य ३ स्थानीय तहमा नेपाली कांग्रेसले जितेको छ। जसमा शान्तिनगर गाउँपालिका,  दंगीशरण गाउँपालिका, राजपुर गाउँपालिका र बबई गाउँपालिका रहेका छन्। शान्तिनगर गाउँपालिकामा प्रमोद बस्नेत अध्यक्ष पदमा विजयी भएका हुन्।

उनले नेकपा एमालेका विष्णु केसीलाई हराउँदै विजयी  भएका हुन्। बस्नेतले ५ हजार ७१६ मत ल्याएका थिए, भने केसीले ४ हजार ५२४ मत ल्याएका थिए। मुख्य ३ दलबीच भएको प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रका उम्मेदवार मोहनलाल वलीले २ हजार ७९४ मत ल्याएका थिए।

त्यस्तै,गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी प्रेमा बुढाथोकी विजयी भएकी छन्। उनले एमालेकी उम्मेदवार कमला भण्डारीलाई हराउँदै विजयी भएकी हुन्। बुढाथोकीले ५ हजार ७५० मत ल्याउँदा भण्डारीले ४ हजार २८ मत प्राप्त गरेकी थिइन्। त्यस्तै,माओवादी केन्द्रकी उम्मेदवार राधिका परियारले  ३ हजार ८० मत प्राप्त गरेकी थिइन्। परियार र एमालेका अध्यक्ष पदका उम्मेदवार केसी  २०७४ सालको निर्वाचनमा पनि पराजित भएका थिए।

माओवादी एउटा वडा सीमित

२०७४ सालको स्थानीय तहको निर्वाचनमा शान्तिनगरमा ३ वटा वडा जितेको माओवादी केन्द्रले यस पटकको निर्वाचनमा एउटा वडा र २ सदस्यमा सीमित रहेको छ। २०७४ सालमा वडा १ ,५ र ७ वडामा जितेको भएपनि अहिले वडा १ मा मात्र जितेको छ।

त्यस्तै,वडा २ वडा महिला सदस्य र खुला सदस्यमा २ जनाले जितेका छन्, भने वडा ५ र ७ मा माओवादीले वडा गुमाएको छ। त्यस्तै, २०७४ सालमा एक वडामा समिति रहेको नेकपा एमालेले भने यस पटक २ वटा वडामा विजयी भएको छ। वडा ४ र ६ मा एमालेले जितेको छ। नेपाली कांग्रेसले वडा ३, ५ र ७ वडा जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.