|

संखुवासभा :  जेठ ३ प्रहरीको कुटपिटबाट सङ्खुवासभा मादी नगरपालिकाका माओवादीका तर्फबाट प्रमुखका उम्मेदवार सहित चार जना घाइते भएका छन्। प्रहरीको कुटपिटबाट गठबन्धन तर्फबाट प्रमुख पदका उम्मेदवार माओवादी केन्द्रका दावा छत्र शेर्पा सहित ४ जना घाइते भएका छन्।

गएराति १० बजे प्रमुख पदका उम्मेदवार शेर्पा खाना खाएर मतगणना स्थल तर्फ जाँदै गर्दा प्रहरीले निर्घात कुटपिट गरेको बताए। उम्मेदवार शेर्पाको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको छ। मादक पदार्थ सेवन गरेका प्रहरीले उम्मेदवार शेर्पाको घरमै गएर श्रीमती र छारोलाई समेत कुटपिट गरेको उनले बताए।

प्रहरीको कुटपिटबाट उम्मेदवार शेर्पाको श्रीमती, छोरा र श्रीमती समेत घाइते भएको उनले बताए। प्रहरीको कुटपिटबाट कांग्रेस कार्यकर्ता श्याम शेर्पा समेत घाइते भएको छन्। प्रहरीको कुटपिटबाट शेर्पाको हात बाँचिएको छ। प्रहरीको कुटपिट गम्भिर घाइते भएका शेर्पाको थप उपचारका लागि काठमाण्डौ लगिएको नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव डम्बर बस्नेतले जानकारी दिए।

कुटपिटबाट फूर्वा शेर्पा, पासाङ शेर्पा घाइते भएको उनले बताए। प्रहरी ज्यादतीको घारे भत्सर्ना गर्दै घटनामा संम्लग्न प्रहरी माथि कारवाही गर्ने कांग्रेसका पूर्व सचिव बस्नेतले माग गरे।

प्रहरी प्रमुख र प्रजिअ घटना स्थल तर्फ प्रहरीको कुटपिटबाट उम्मेदवार सहित ४ जना घाइते भएको थिए। घटनाको जानकारी लिन जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदी, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा सदरमुकाम खाँदबारीबाट मादी तर्फ लागेका छन्।

डिएसपी सुवेदीका अनुसार प्रहरीले उम्मेदवारमाथि कुटपिट गरेको स्वीकार गरेपनि मादक पदार्थ सेवन भने नगरेको दावी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.