|

खोटाङ : हलेसी तुवाचुङ नगरपालिकामा खसेको मत भन्दा २२ मत कम भेटिएपछि मत गणना स्थगित भएको छ। नगरपालिका- ८ धितुङमा कुल १ हजार १ सय ४३ मत खसेको भनिएको थियो। तर गणना गर्न मतपेटिका खोल्दा २२ मत नपुगेपछि विवाद भएर गणना रोकिएको छ।

सुरुमा मतपत्रमा रेजा लगाइएपनि २२ मत नखसेको कारण हिसाब नमिलेको मुख्य निर्वाचन अधिकृत संगिता न्यौपाने ढुंगेलले बताए। तर, मतपत्र भने नहराएको उनको भनाइ छ। २२ मतपत्र नभएपछि यतिबेला सर्वदलीय बैठक बसिरहेको छ।

सर्वदलीय बैठकाको सहमती पश्चात सो वडाको मतगणना सुरु गर्ने उनको भनाइ छ। वडा- ८ धितुङको गणना रोकिएपनि वडा ५ दुर्छिमको मत धमाधम गणना भइरहेको छ।

वडा-६, ७ र ८ को मतगणना बाँकी हुँदा नेकपा एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनका उम्मेदवारलाई पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

फेसबुक पेजमा मत परिणाम अपडेट गरिएको कारण देखाउँदै मत गणना स्थलमा पत्रकार एवं सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको छ। तर, पेजमा विवरण ढिला गरी आएको हुँदा रिपोर्टिङ गर्न समस्या भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.