|

सुर्खेत : जाजरकोटको जुनीचाँदे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार वेदबहादुर शाही र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार वीरेन्द्र बहादुर शाही निर्वाचित भएका छन्।

अध्यक्षमा निर्वाचित शाहीले ३ हजार ४ सय ४४ मत र उपाध्यक्षमा निर्वाचित शाहीले ३ हजार ३ सय २७ मत प्राप्त गरेका छन्।

अध्यक्षका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार शिवा आचार्यले ३ हजार ८८ भोट र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार अम्बा कुमारी शाहले २ हजार ७ सय ४६ भोट प्राप्त गरेका छन्।

शिवा आचार्य जुनीचाँदे गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् भने अम्बा कुमारी शाह २०७४ सालको स्थानीय तहमा समेत उपाध्यक्षमा पराजित भएकी थिइन्।

जुनीचाँदेका ११ वडामध्ये एमालेले ३, कांग्रेस २ र नेकपा माओवादी केन्द्रले ६ वडा जितेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.