|

सुर्खेत : सुर्खेतको चिङ्गाड गाउँपालिका अध्यक्षमा एमालेका बोध बिक्रम जिसी विजयी भएका छन्।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको निर्वाचन क्षेत्र रहेको चिङ्गाड गाउँपालिकामा जिसीले नेपाली कांग्रेसका उम्मेदवार डोरप्रसाद शर्मालाई ४१ मतले पराजित गरेका हुन्।

जिसी ३५९१ मतले विजयी भएका हुन भने शर्माले ३५५० मत प्राप्त गरे। यस्तै, गाउँपालिका उपाध्यक्षमा एमालेकै मीना कुमारी रोकायाले विजय प्राप्त गर्दा कांग्रेसकी मनमाया आचार्य पराजित भइन्।

गाउँपालिकाका- ६ वटा वडामध्ये नेपाली कांग्रेस र एमालेले ३/३ वडा जितेका छन्। वडा नं. १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले वडा नं. २, ३ र ६ मा जित हात पारेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.