|

 भरतपुर : भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्।

पछिल्लो मतगणना अपडेटअनुसर २० हजार ८८ मत गणना गर्दा रेनुले ६ हजार ७ सय ९५ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले  ६ हजार ५ सय ४८ मत ल्याएका छन्। रेनु र विजयबीच २ सय ४७ मतान्तरको फरक छ।  

यस्तै, गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३३ सय ९ मत ल्याएका छन्। 

यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार २ सय ४८ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३ सय ८८ मत ल्याएकी छन्। कडा सुरक्षाबीच मतगणना जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.