|

सुनसरी : सुनसरीको धरान उपमहानगरपालिकाको वडा नं. १ देखि ७ सम्मको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

जस अनुसार धरानका ४ वडामा एमालेले अध्यक्ष जितेको छ। का‌ंग्रेसले दुई वडा र एउटा वडामा स्वतन्त्र उमेदवार विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार धरानको वडा नं. २, ४, ५ र ७ मा एमालेले अध्यक्ष पद जितेको छ। कांग्रेसले वडा १ र ३ जित्दा स्वतन्त्र उमेदवारले वडा नं. ६ को अध्यक्ष जितेका हुन्।

यसरी बहुसंख्यक वडाको अध्यक्ष पद जिते पनि मेयर, उपमेयरमा भने एमाले पछि परेको छ।

पछिल्लो मत परिणाम अनुसार धरानको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ५४३८ मत ल्याउँदा एमालेकी मञ्जु भण्डारी सुवेदीले ४७६९ मत ल्याएका छिन्। उनी तेस्रो स्थानमा छिन्।

एमाले भन्दा स्वतन्त्र उम्मेदवार हर्क साङपाङ धरानमा बलिया देखिएका छन्।

उनले अहिलेसम्म ४८०५ मत पाएका छन्। धरानमा ४ दलीय गठबन्धनसँगै चुनावी मैदानमा छ भने एमाले एक्लै उभिएको छ।

उपमेयरमा पनि गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का आइन्द्र विक्रम बेघाले अग्रता कायम गरेका छन्। उनले यो समाचार तयार पार्दासम्म ६०९९ मत पाएका छन्।

एमालेका उपमेयर पदका उम्मेदवार पदम इस्वो लिम्बुको ५८५७ मत रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.