|

कञ्चनपुर  : बेलौरी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका पोतीलाल चौधरी निर्वाचित भएका छन्। उनले ८ हजार ७ सय ८७ मत प्राप्त गरेको बेलौरीका निर्वाचन अधिकृत तारासिंह धामीले जानकारी दिए।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारी कमला बोहराले ६ हजार ८ सय ३, नेपाली कांग्रेसका हरेन्द्र सिंह बिष्टले ६ हजार ३ सय १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ७५४, राष्ट्रिय जनमोर्चाका रङ्ग बहादुर चौधरीले २०४ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बुझौना चौधरी थारुले ५८ मत प्राप्त गरिन्। 

त्यस्तै, बेलौरी नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका जोगराम चौधरी निर्वाचित भएका छन्।

उनले ७ हजार ५ सय ८३ मत प्राप्त गरे भने प्रतिद्वन्द्वीहरू नेकपा माओवादी केन्द्रका मञ्जु शाहले ६ हजार ८ सय ३५, नेपाली कांग्रेसका खिना भण्डारीले ६ हजार ६ सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालमति वडायक रानाले ७८५, नेकपा एकीकृत समाजवादीका नन्द कुमार रानाले ७०९, राष्ट्रिय जनमोर्चाका लक्ष्मी देवी चौधरीले २०६ र जनता समाजवादी पार्टी नेपा पार्वती रानाले ५६ मत प्राप्त गरिन्। 

नेकपा माओवादी केन्द्रबाट बेलौरी नगरपालिका वडा १, ५, ८ र १० मा पुरै प्यानल तथा वडा २ मा ४ जना सदस्यहरू निर्वाचित भएका छन्।

त्यस्तै, नेकपा एमालेबाट बेलौरी नगरपालिका वडा ३ र ४ मा पुरै प्यानल, वडा ६ मा वडा अध्यक्ष र ३ जना सदस्य तथा वडा नम्बर २ मा वडा अध्यक्ष निर्वाचित भएका छन्।

नेपाली कांग्रेसबाट बेलौरी नगरपालिका वडा ७ र ९ मा पुरै प्यानल तथा वडा ६ मा एक जना सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत धामीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.