|

मुगु : मुगुको छायाँनाथ रारा नगरपालिकाको मेयर र उपमेयर दुवै नेपाली कांग्रेसले जितेको छ। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार डम्बर रावललाई ७३९ मत अन्तरले पछि पार्दै नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका विष्णुकुमार भाम निर्वाचित भएका हुन्। भामले ४ हजार ५ सय ९९ मत पाउँदा रावलको पक्षमा ३ हजार ८ सय ६० मत आएको छ।

उपमेयरमा कांग्रेसकै एश्वरे मल्ल ४ हजार ३ सय २५ सय  मत ल्याई विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका टोमा लामाले ३ हजार ७ सय १७ मत पाएकी छन्। छायाँनाथ रारा नगरपालिकामा कुनै पनि दलबीच तालमेल भएको थिएन।

१४ वडा रहेको नगरपालिकामा वडा नं १, ३, ५, ७, ८, १४ मा नेपाली कांग्रेस र २, ४, ६, ९, १०, १२, १३ मा नेकपा एमाले तथा ११ मा एकीकृत समाजवादीले जितेको निर्वाचन कार्यालयले जनाएको छ।

वडा नंं १ मा पदमराज मल्ल नेपाली कांग्रेस, वडा नं २ मा परेकराज चौलागाईं एमाले वडा नंं ३ मा नन्दबहादुर रावल नेपाली कांग्रेस ४ मा लक्ष्मीप्रसाद भाम, ५ मा राजेन्द्र कामी, ६ मा खेम्मबहादुर रावल, ७ मा गगनबहादुर शाही, ८ मा कर्णबहादुर रावल, ११ मा कुञ्जुमा कुमाई, १२ मा आईतराम रोकाया‚ १३ मा वीरबहादुर खड्का र १४ मा जुनबहादुर खड्काले विजय हासिल गरेका छन्।

नगरपालिकाभित्र रहेका १४ वडामा ६ वटा वडामा नेपाली कांग्रेस‚ ७ वडामा नेकपा एमाले र एउटा वडामा एकीकृत समाजवादीले  विजय हासिल गरेका छन्।
यसैबीच मुगुमकार्मारोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छिरिङ्ग क्याप्ने लामा निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेका छिरिङ्ग फुटिक लामा निर्वाचित भएका छन्। ९ वटा रहेको मुगुमकार्मारोङ गाउँपालिकाकाका ५ वटा वडामा नेपाली कांग्रेस र ४ वटा वडामा नेकपा एमालेले विजय हासिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.