जनकपुरधाम : धनुषाको विदेह नगरपालिकाको प्रमुखमा नेकपा एमालेका बेचन दास चार हजार ४१२ मत प्राप्त गरी निर्वाचित भएका छन्।
प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका राजकिशोर रोहिता यादवभन्दा ९८५ मत बढी ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका यादवले तीन हजार ४२७ मत ल्याएका छन्।
त्यसैगरी उपप्रमुखमा एमालेकै आशा झा चार हजार ६५९ मत ल्याएर निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सीमादेवी महतोले दुई हजार ७८६ मत प्राप्त गरेकी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।