|

हेटौँडा : मकवानपुरको विकट गाउँपालिका राक्सिराङको दुवै पदमा सत्तारुढ गठबन्धनको उम्मेदवार विजयी भएका छन्।

गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार मल्ल विजयी भएका छन्। २०७४ को निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित मल्लले आफ्नो प्रतिद्वन्द्वीलाई नौ सय नौ मतान्तरले पराजित गरेका हुन्।

मल्लले पाँच हजार ४ सय ८१ मत प्राप्त गरेका छन्। एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले ४ हजार ५७२ मत प्राप्त गरे। उपप्रमुखमा नेकपा माओवादी केन्द्रका वनस्थम थिङ विजयी भएका छन्। उनले ४ हजार ८ सय ३९ मत प्राप्त गरे।

उपप्रमुखमा एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार एकसय २९ मत प्राप्त गरिन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.