‘आगामी बजेट जनमुखी आउनुपर्छ’

|
फाइल फोटो

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय निर्वाचनको परिणाम उत्साहजनक नभएको टिप्पणी गरेका छन्। 

मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले स्थानीय निर्वाचनको प्रारम्भिक परिणाम उत्साहजनक नभएको बताएका हुन्। 

उनले गठबन्धन बनाउनुको उद्देश्य भने पूर्ति हुँदै गएको बताए। आगामी दिनमा गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरेर टुंगोमा पुगिने उनको भनाइ छ। 

उनले भने, ‘अहिलेसम्म जेजस्तो परिणाम आएको छ, त्यो उत्साहजनक छैन। गठबन्धन त अब जे उद्देश्यका निम्ति बनेको थियो त्यो उद्देश्य पूर्ति हुँदै गएको छ। गठबन्धनका बारेमा अब कसरी जान्छ भन्ने बारेमा हामी छलफल गरेर टुंगो लगाउँछौँ।’

उनले आगामी बजेट जनमुखी हुनुपर्ने बताए। आगामी बजेटमा कृषि, औद्योगीकरण, पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यलाई केन्द्रविन्दुमा राखिनुपर्ने बताए। 

उनले भने, ‘आगामी बजेट जनमुखी आउनुपर्छ। देशको विकासलाई केन्द्र बिन्दुमा राखेर आउनुपर्छ। कृषि क्षेत्रलाई विकास गर्ने कुरा केन्द्रविन्दुमा राखेर आउनुपर्छ। देशलाई औद्योगीकरण गर्ने दिशामा केन्द्रित भएर आउनुपर्छ।

कृषिको विकास, औद्योगीकरणको विकास, पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यको विकास, यातायातलाई व्यापक बनाउने विकास यि कुरालाई केन्द्रविन्दुमा राखेर बजेट आउनुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.