|
फाइल फोटो

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा सेटिङ गरेर लाभ लिएको आरोप लगाएका छन्। 

मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको उल्लेख गर्दै उनले स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल नभएको दाबी गरे। 

गठबन्धनभित्रका सिद्धान्त कुनै दलहरुले पनि पालना नगरेकाे बताए।

अध्यक्ष भट्टराईले भने, ‘गठबन्धनको विषयमा त मेरो पहिलेदेखि नै धारणा थियो, यो स्थानीय तहका मुद्दाहरु, स्थानीय जनतालाई पार्टी नेताहरुलाई थाहा हुन्छ। केन्द्रबाट नै गरेर टुंगो लाग्ने विषय यो होइन। त्यसैले हामीले जुन अलिकति अभ्यास गर्न खोजियो त्यो सफल भएन। केही दलहरूलाई खासगरी कांग्रेस र माओवादीलाई उहाँहरुले अलिकति सेटिङ गर्नुभयो केही लाभ भयो। तर त्यो पनि उहाँहरु आपसमा तल मिलेजस्तो देखिएन।’

स्थानीय चुनावमा गठबन्धन गर्नु उपयुक्त नहुने उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.