|

पाल्पा : तानसेन नगरपालिकाका प्रमुखमा गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ विजयी भएका छन्।

उनी ११ हजार २७३ मत पाई विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत पाएका छन्।

उपप्रमुखमा गठबन्धनकै नेकपा माओवादी केन्द्रकी प्रतीक्षा सिंजाली विजयी भएकी छन्। उनी ११ हजार १५१ मत प्राप्त गरेर विजयी भएकी हुन्।  उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार शशि श्रेष्ठले १० हजार ३७२ मत पाएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.