|

काठमाडौं : भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रता बढाएकी छन्। 

२० हजार ६ सय ९६ मतगणना गर्दा रेनुले ७ हजार १२ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदीले ६ हजार ७ सय ३७ मत ल्याएका छन्। रेनु र विजयबीचको मतान्तर २७५ को छ। 

गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ४ सय २० मत ल्याएका छन्। 

यस्तै, उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ५ सय १५ मत ल्याएर अग्रता कायमै राखेका छन्। राप्रपाकी हिमला गुरुङले ५ हजार ५ सय ५२ मत ल्याएर कांग्रेसका अधिकारीलाई पछ्याइरहेकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.