|

सुर्खेत : जाजरकोटको भेरी नगरपालिकाको मेयरमा एमालेका चन्द्रप्रकाश घर्ती (सीपी) निर्वाचित भएका छन्।

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै घर्ती निर्वाचित भएका हुन्। गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गगन बहादुर खड्कालाई ८७९ मतान्तरले पराजित गर्दै घर्ती मेयरमा निर्वाचित भएका हुन्।

घर्तीले ४८४२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गगनबहादुर खड्काले ३९६३ मत प्राप्त गरेका छन्।

एकीकृत समाजवादीका कमानबहादुर खड्काले ३५५९ मत ल्याए। एकीकृत समाजवादी एक्लै प्रतिस्पर्धामा थियो।​

उपमेयरमा भने गठबन्धनकी उम्मेदवार कांग्रेसकी सीता जैशी निर्वाचित भएकी छन्। उनले ५९८५ मत ल्याइन्। उनकी प्रतिस्पर्धी एमालेकी सावित्री चन्दले ५१७२ मत ल्याइन्।

नगर प्रमुखमा निर्वाचित घर्ती २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि अत्यधिक मतले विजयी भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.