विराटनगर : विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार नागेश कोइरालाले एमालेका सागर थापासँग २ हजार ४ सय ५३ मतको अन्तरले अग्रता कायम राखेका छन्।
कोइरालाले ९ हजार २ सय ९ मत प्राप्त गर्दा थापाले ६ हजार ७ सय ५६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ८ सय ४९ मत प्राप्त गरेका छन्।
उपप्रमुखकी उम्मेदवार शिल्पा कार्की ३ हजार २ सय ८२ मतले गठबन्धनको तर्फबाट उम्मेदवार रहेका अमरेन्द्र यादवभन्दा अगाडि छन्। कार्कीले ८ हजार ६ सय ९० मत प्राप्त गर्दा यादवले ५ हजार ४ सय ६ मत प्राप्त गरेका छन्। उपमेयरकी स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १ हजार ८ सय ९१ मत प्राप्त गरेकी छन्।
मेयर उपमेयरमा धेरै मत बदर
१ लाख ३३ हजार मतदाता रहेको विराटनगर महानगरपालिकामा ९९ हजार ७ सय ९९ मत खसेको मुख्य निर्वाचन आयोगको तथ्यांकले जनाएको छ। खसेको मतमध्ये उपप्रमुखमा परेका धेरै मत बदर भएको तथ्यांकले देखाएको छ।
निर्वाचन आयोगको तथ्यांकअनुसार उपमेयरमा १२ हजार ४ सय २२ मत बदर भएको छ भने मेयरमा ८ हजार ४ सय ३२ मत बदर भएको छ।
तीन वटा वडामा एमालेको जीत
महानगरमा काँग्रेसले अग्रता कामय गर्दै गर्दा वडामा भने ३ वटा वडामा एमालेले जित हासिल गरेको छ। १९ वटा वडा रहेको विराटनगर महागरपालिकामा १, २ र १९ नम्बर वडामा एमालेले जीत हासिल गरेको छ।
१६ नम्बर वडामा नेपाली काँग्रेसले जीत हासिल गरेको छ। १७ नम्बर वडामा जसपाले जितेको छ भने १८ नम्बर वडामा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन्। अहिले क्रमशः वडा नं. ३, ४, ५, ६, ७, १२, १३, १४ र १५ गरी ९ वटा वडाको मतगणना जारी छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।