|

काठमाडौंः भर्खर सम्पन्न स्थानीय निर्वाचनमा अभिनेता राज घिमिरे गोदावरी नगरपालिकाको वडा नं. ३ मा विजयी भएका छन्। लामो समयदेखि समाजसेवामा सक्रिय घिमिरे नेकपा माओवादीबाट वडाध्यक्षमा उठेका हुन्। 

वडाध्यक्षमा निर्वाचित भएपछि आफ्नो वडामा धेरै सम्भावना रहेको र उक्त वडालाई देशकै नमुना वडा बनाउने बताएका छन्। आफूले जनताको भावना बुझेर काम गर्ने र सबैभन्दा पहिले खानेपानीलाई प्राथमिकता दिने पनि उनले बताएका छन्। 

अभिनेत्री करिश्मा मानन्धरको गाउँ पनि गोदावरी वडा नं. ३ मै रहेको छ। केही महिनाअघि नेकपा एमाले प्रवेश गरेकी मानन्धर स्थानीय निर्वाचनमा पनि सक्रिय रुपमा प्रचार प्रसारमा लागेकी थिइन्। 

घिमिरे 'चपली हाइट', 'भिजिलान्ते' लगायतका फिल्म र केही म्युजिक भिडियोमा पनि अभिनय गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.