|

डोटी : डोटीको सदरमुकाममा रहेको पुरानो दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका बाजि सिं खड्का 'विजय’ र कल्पना साउद निर्वाचित भएका छन्।

एमालेका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका हुन्।

नेकपा एमालेको गड मानिएको दिपायल सिलगढी नगरपालिकामा यसपटक भने नेपाली कांग्रेसले पाँच वटा वडासहित प्रमुख र उपप्रमुख जितेको हो। २०७४ को स्थानीय तहको निर्वाचनमा समेत खड्का नेकपा एमालेका मञ्जु मलासीसँग प्रमुखमा पराजित भएका थिए।

नगर प्रमुखमा खड्काले ५१३८ मत प्राप्त गरी जीत हात पारेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण मलासीले ३५१४ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीसँगको तालमेलमा उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार खगेन्द्र बहादुर साउँदले १९८३ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा पनि कांग्रेसकै कल्पना साउदले ४६६८ मत ल्याएर निर्वाचित भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रूपा कठायतले ४१२९ मत प्राप्त गरिन्।

नेकपा माओवादी केन्द्रसँगको तालमेलमा उपप्रमुखमा उठेका नेकपा एसका ऐश्वर्य भण्डारी बिष्टले ५६८ मत प्राप्त गरिन।

९ वटा वडा रहेको दिपायल सिलगढी नगरपालिकामा ५ वटा वडामा नेपाली कांग्रेसले जित्दा २ वटा वडामा एमाले, १ वडामा माओवादी केन्द्र र १ वडामा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.