|

सल्यान :  कालिमाटी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ।

एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनलाई ६२० मतले पछि पार्दै एमालेका दान बहादुर खत्री केसी निर्वाचित भएका हुन्। केसीले ३ हजार ७ सय ४१ मत प्राप्त गर्दै दोस्रो पटक निर्वाचित भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पुरुषोत्तम भट्टराईले ३ हजार १ सय २९ मत पाएका छन्।

उपाध्यक्षमा पनि एमालेकै सनसिल्ता ओली डिसी दोस्रो पटक निर्वाचित भएकी छन्। ३ हजार ५ सय ३५ मत प्राप्त गर्दै उनी निर्वाचित भएकी हुन। उनको प्रतिस्पर्धी एकीकृत समाजवादीका ज्ञानेन्द्र बहादुर खत्रीले २ हजार ९ सय ६ मत प्राप्त गरेका छन्।  २०७४ को चुनावमा पनि खत्री र ओली डिसी नै निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.