|

 जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं विजयी भएका छन्।

उनले नेकपा माओवादी केन्द्रका जुम्ला संयोजक वीरबहादुर कुँवरलाई भारी मतान्तरले हराउँदै विजयी भएका हुन्।

उनले २ हजार ३ सय २० मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर कुँवरले एक हजार ८ सय ६ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका सुरत बहादुर शाहीले एक हजार ५ सय ३८ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष तर्फ नेकपा माओवादी केन्द्रकी रेवती रावल विजयी भएकी छिन्। उनले एक हजार ७ सय ५८ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विन्दु अधिकारीले एक हजार ३ सय १२ मत प्राप्त गरेकी हुन्।

तातोपानीमा स्थानीय तह २०७४ मा नेकपा माओवादीका नवराज न्यौपानेले अध्यक्ष र गंगा देवी उपाध्यायले उपाध्यक्षमा जितेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.