|

डोटी : डोटीको केआईसिंह गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत चार वटा वडाको नेतृत्वले समेत कांग्रेसले जितेको छ।

नेपाली कांग्रेसको तर्फका अध्यक्षका उम्मेदवार लोकेन्द्र बहादुर शाही र उपाध्यक्षका उम्मेदवार मीनादेवी बिष्टले दोस्रो पटक जित हात पारेका हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत उनीहरु दुवैजना निर्वाचित भएका थिए।

अध्यक्षमा विजयी भएका शाहीले ४२६३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका केशव नाथ योगीले २६२१ मत ल्याएका छन्। 

त्यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसको तर्फका मीनादेवी बिष्टले ४०७२ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी निर्मला कुमारी अवस्थीले २५३६ मत ल्याएकी छन्।

७ वटा वडा रहेको केआईसिंह गाउँपालिकाको १ देखि ४ सम्मका सबै वडामा कांग्रेसले जित हात पारेको छ भने वडा नम्बर ५ मा नेकपा एकीकृत समाजवादीले जितेको छ। त्यसैगरी वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ। वडा नम्बर ७ मा भने राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ।

यो सँगै डोटीका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहको नतिजा सार्वजनिक भैसकेको छ। जसमा ६ पालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ भने एउटामा नेकपा एमाले र एउटामा नेकपा माओवादीले जित निकालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.