|

चितवन :  भरतपुर महानगरपालिका २३ हजार ८५ मत गणना भइसकेको छ। जसमा मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले एमालेका विजय सुवेदीसँग मतान्तर बढाइरहेकी छिन्।

पछिल्लो पटक सार्वजनिक भएको विवरण अनुसार दाहालले सुवेदीलाई ७०४ मतले पछि पारेकी छन्। हालसम्म  दाहालले ८ हजार ४२ मत पाएकी छन् भने सुवेदीले ७ हजार ३३८ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७९३ मत प्राप्त गरेका छन्।​ 

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले ९ हजार ६९७ मत प्राप्त गरेका छन्। उपमेयरकी अर्की उम्मेदवार राप्रपाकी हिमला गुरूङले ६ हजार ३४ मत ल्याएकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.