|

झापा : हल्दिबारी गाउँपालिकामा राप्रपा विजयी भएको छ। राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडाध्यक्ष र ११ सदस्य जितेको हो।

रवीन्द्र लिङदेन गाउँपालिकाको अध्यक्ष पुनः निर्वाचित भएका छन्। उनी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनका भाइ हुन्। उनले ६ हजार ८५६ मत ल्याएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बर बहादुर गिरीलाई दुई हजार १९० मतान्तरले पराजित गर्दै लिङदेन पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुन्। गिरीले चार हजार ६६६ मत ल्याए। 

त्यस्तै अध्यक्षका उम्मेदवार बनेका नेपाली काँग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानी प्रसाद दंगालले एक हजार १४९ मत ल्याएका छन्। त्यस्तै गाउँपालिका उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छिन् । मैनालीले पाँच हजार ७८ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शान्ता देवी गौतमले चार हजार १०६ मत ल्याएकी छिन्।

माओवादी केन्द्रका टिका देवी राउतले एक हजार ४५३ र काँग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७०० मत ल्याएका छन्।  

वडातर्फ हल्दिबारी १ मा राप्रपाका प्यानलसहित देवीबहादुर थापा वडा अध्यक्षमा निर्वाचित भएका छन्। ४ मा राप्रपाकै प्यानलसहित वडा अध्यक्षमा सन्त कुमार थापा निर्वाचित भएका छन् । २ मा माओवादीका शुकलाल राजवंशी वडाध्यक्षमा निर्वाचित भएका छन्। 

३ मा एमालेको प्यानलसहित वडाध्यक्षमा विष्णुप्रसाद ओली विजयी भएका छन् । ५ मा कांग्रेसका खड्गबहादुर लावती वडाध्यक्षमा निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.