काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार बालेन्द्र साहले १५ मत कटाएका छन्।
जारी मतगणनाको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १५ हजार ४ सय २ मत ल्याएर अग्रता लिएका हुन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई ८ हजार २ सय ८८ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार सिर्जना सिंहले ७ हजार २ सय ९० प्राप्त गरेका छन्।
कांग्रेस र एमालेले पाएको मत जोड्दा बालेन्द्रको झण्डै बराबरी हुन आउँछ। उपमेयरमा भने सुनिता डंगोल फराकिलो मतान्तनरले अगाडि छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।