काठमाडौं : पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाटको अग्रता कायमै रहेको छ।
गठबन्धनबाट उम्मेदवार बनेका आचार्य र रानाभाटले अग्रता फराकिलो बनाउँदै लगेका छन्। आज विहान सार्वजनिक भएको मत परिणाम अनुसार आचार्यले १३ हजार ७ सय ९४ मत प्राप्त गर्दा एमाले उम्मेदवार कृष्ण थापाले १२ हजार ४२ मत पाएका छन्।
उपमेयरमा रानाभाटले १४ हजार ६८ मत प्राप्त गर्दा एमाले उम्मेदवार मन्जुदेवी गुरुङले १३ हजार ७ सय ४६ मत पाएकी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।