|

विराटनगर :मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका नागेश कोइराला नेकपा एमालेका सागर थापासँग दुई हजार ६६६ मतान्तरले अगाडि छन्।

हालसम्म ३६ हजार ९२३ मतगणना हुँदा कोइरालाले ११ हजार ५११ मत पाएका छन्। यस्तै थापाले  आठ हजार ८४५ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार उमेश यादवले तीन हजार ७९३ मत ल्याएका छन्।

उपमेयरतर्फ एमालेकी शिल्पा कार्कीले १० हजार १३२ मत पाएकी छिन्। जसपाका अमरेन्द्र यादवले ६ हजार ९१ मत ल्याएका छन्। 
स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले दुई हजार १६० मत प्राप्त गरेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.