|

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) : सरावल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुखाडीप्रसाद चौधरी विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनिलकुमार गौडलाई दुई हजार ९७० मतान्तरले हराउँदै चौधरी अध्यक्ष निर्वाचित भएका हुन्। चौधरीले सात हजार ५९ मत प्राप्त गरे। गौडले चार हजार ८९ मत ल्याए।

गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै बासमती हरिजन विजय विजयी भएकी छिन्। उनले पाँच हजार ७४३ मत ल्याइन्। कांग्रेसका उत्तमा रायले पाँच हजार ३४९ मत प्राप्त गरिन्।
 सातवटा वडा रहेको गाउँपालिकामा दुईवटा वडामा एमाले, तीन वटामा कांग्रेस र एक–एक वडामा माओवादी केन्द्र र राप्रपाले जित हासिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.