|

काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्।

२२ हजार ७९२ मतगणना गर्दा महर्जनले १२ हजार ५०० मत प्राप्त गरेका छन्। नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले पाँच हजार ७७५ मत  मत प्राप्त गरेका छन्। 

महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले ६ हजार १५ मत प्राप्त गरेकी छिन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका बाबुराज बज्राचार्य तीन हजार ९९८ मत मत प्राप्त गरेका छन्।

ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा कडा सुरक्षाबीच  मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले वडा नम्बर ८ र ९ को मतगणना हुँदै छ भने यसपछि वडा १० र ११ को गणना गर्ने तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.