|

पर्वत : जलजला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जित हात पारेका छन्।

अध्यक्षमा कांग्रेसका राजुप्रसाद आचार्यले एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई  एक हजार ४७३ मतान्तरले पराजित गरेका हुन्। आचार्यले पाँच हजार ६५७ मत पाउँदा अधिकारीले चार हजार १८४ मत ल्याए। अध्यक्ष पदमा नै प्रतिस्पर्धा गरेका स्वतन्त्र उम्मेदवार महेन्द्र फकामी मगरले ५१२ मत पाए। 

उपाध्यक्ष पदमा माओवादी केन्द्रका दीपक आचार्यले एमालेकै उम्मेदवार सुनिता बरुवाललाई ७७ मतान्तरले पराजित गरे। आचार्यले ४ हजार ७९२ मत ल्याउँदा बरुवालले ४ हजार ७१५ मत पाइन्। उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी धर्माकुमारी शर्माले ८८ मत प्राप्त गरिन्।

नौ ओटा वडा रहेको जलजलामा पाँच वटामा एमालेले, दुई वटामा कांग्रेसले र २ वटामा माओवादीले वडाध्यक्ष जितेका छन्। एमालेबाट वडा–१, २, ३, ४ र ५ मा क्रमशः जकबहादुर रोका, प्रकाशबहादुर घर्ती क्षेत्री, एकीन्द्र खत्री, भरतबहादुर क्षेत्री र तिलकबहादुर जिसी विजयी भएका छन्। यस्तै वडा–६ मा कांग्रेसका बलबहादुर पुर्जा, ७ मा माओवादीका टुंगनाथ शर्मा, ८ मा कांग्रेसका हरि विकास जिसी र ९ मा माओवादीका गौबहादुर पुर्जा निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.