|

झापा : नेपाली कांग्रेसले कचनकवल गाउँपालिकाको अध्यक्षमा लेन्द्रप्रसाद सिंह राजवंशी निर्वाचित भएका छन्। ११ हजार ४७७ मत ल्याई राजवंशी अध्यक्षमा विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी राप्रपाका अन्जरा आलमले ६ हजार ६६७ मत प्राप्त गरे। आलम गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन्।

त्यस्तै,माओवादीका बुद्धिप्रसाद नेपालले ६६४, जनता समाजवादी पार्टीका ज्ञानबहादुर राईले १०९ र लोकतान्त्रिक समाजवादी पार्टीका कर्णलाल राजवंशीले १०१ मत पाए।

त्यस्तै, उपाध्यक्षमा एमालेका नवराज भट्टराई निर्वाचित भएका छन्। भट्टराईले आठ हजार १४३ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी निमसरी राजवंशीले ६ हजार ८०१ मत प्राप्त गरिन्। राजवंशी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन्। राजवंशीले ६ हजार ८०१ मत प्राप्त गरिन्। 

वडाध्यक्षतर्फ काग्रेसबाट वडा १ मा महावीर लिम्बू , ३ मा ग्यास अजमल मिया, ४ मा नुरुजजमा मिया, ५ मा मोहम्मद नूर आलम, ६ मा चिन्तामणि खरेल र ७ मा भरत राजवंशी निर्वाचित भए। वडा नम्बर २ मा एमालेका लेखनाथ खत्री विजयी भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.