|

पाल्पा : पाल्पाकाे बगनासकाली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी उम्मेदवार सरस्वती दर्लामी (चिदी) विजयी भएकी छन्। उनी ६ हजार ४ सय ६६ मत प्राप्त गरेर विजयी भएकी हुन्।

उनकी प्रतिद्वन्द्वी गठबन्धनतर्फकी नेपाली कांग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत पाएकी छन्। चिदी यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा विजयी भएकी थिइन्। यहाँ गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदका लागि महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए।

उपाध्यक्षमा एमालेकै हरि पाठक विजयी भएका छन्। उनी ५ हजार ८ सय ७३ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल) ले ४ हजार ७ सय ७८ मत पाएका छन्। बगनासकालीमा ९ वडामध्ये ६ वटा वडामा एमालेले जित हासिल गरेको छ।

तीन वटा वडामा कांग्रेसले जितेको छ। बगनासकाली गाउँपालिकामा २०७४ सालको निर्वाचनमा कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष जितेको थियो। यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जनमुक्ति लगायतका दलहरूबीच गठबन्धन भएको थियो। एमाले एक्लै चुनावी मैदानमा थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.