|

विराटनगर : विराटनगर महानगरपालिका वडा १३ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। बुधबार बिहान सार्वजनिक भएको मत परिणामअनुसार सूर्यलाल यादव  ६२८ मतसहित वडाध्यक्षमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अमोद कुमार झाले ५६९ मत प्राप्त गरेका छन्। वडाध्यक्षका पदका अन्य प्रतिस्पर्धी नेकपा (एमाले) का किशोर कुमार पोखरेल ५५८ र जसपाका झरिलाल महतो पनि ३८८ मतमा सिमित भए। २०७४ को स्थानीय तह निर्वाचनमा विराटनगर १३ मा  जसपाले जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.