|

काठमाडौंः झरना थापाको निर्देशनमा बन्ने चलचित्र 'भागवद् गीता'को अमेरिका राइट्स बिक्री भएको छ। छायांकन पनि सुरु नभएको फिल्मको राइट्स अमेरिकाको नमस्ते इन्टरटेन्मेन्टले खरिद गरेको हो। 

नेपाली भाषी, भुटानी शरणार्थी अमृत राई, खेम गुरुङ र जंग राईको कम्पनी नमस्ते इन्टरटेन्मेन्टले अमेरिकामा रहेर नेपाली फिल्म तथा कला क्षेत्रमा काम गर्दै आएको छ। 'ए मेरो हजुर ४' खरिदका लागि नेपाल आएको नमस्ते इन्टरटेन्मेन्टले निर्माण सुरु नै नभएको भागवद् गीताको पनि राइट्स खरिद गरेको हो। 

'ए मेरो हजुर ४' को सफलतापछि थापाको परिवार भागवद् गीताको तयारीमा छ। भर्खरै फिल्मको टिजर छायांकन गरिएको छ। टिजर छायांकन सकेर झरना र सुहाना अमेरिका प्रस्थान गरेका छन्। सुहानाको ग्राजुएसन समारोह र 'ए मेरो हजुर ४' को अमेरिका प्रिमियरको लागि झरना र सुहाना अमेरिका उडेका हुन्।

'भागवद् गीता' सुहानाको तेस्रो फिल्म हो। फिल्ममा अभिनेता पक्का भइसके पनि उनको नाम भने सार्वजनिक गरिएको छैन्। अमेरिकाबाट फर्केपछि फिल्म निर्माणको काम सुरु हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.