|

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका ३ को वडाध्यक्षमा ९६८ मत ल्याएर नेकपा एमालेका उमेश सुवेदी प्यानलसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार तुला लिम्बुले ८६१ मत पाए।

यस्तै खुल्ला वडा सदस्यमा ११४९ मत ल्याएर टिकाराम तामाङ र ११८१ मत ल्याएर दिपेन्द्र लिम्बु विजयी भएका छन्। उनीहरु दुवै नेकपा एमालेका उम्मेदवार हुन्। यता, महिला सदस्यमा पनि एमालेकै पवित्रा कोइराला १२०० र दलित महिला सदस्यमा मीना रसाइली ११८३ मत ल्याएर विजयी भएका छन्।

यो सँगै इटहरीमा एमालेले दुई वडा जितेको छ। यस अघि एमालेले इटहरीको वडा १९ मा विजयी हाँसिल गरेको थियो। कांग्रेसले पनि वडा १ र २० जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.