|

रुकुम (पूर्व) : नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य गजेन्द्रबहादुर ओलीले पार्टीबाट राजीनामा दिएका छन्। रुकुमपूर्व भूमे गाउँपालिका-६ निवासी माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य ओलीले पार्टीबाट राजीनामा दिएका हुन्। 

पार्टीमा केन्द्रदेखि स्थानीय तहसम्म चर्काे रूपमा देखा परेको गुट र अराजकता मौलाइ राखेकाले पार्टीको सदस्य समेत नरहने गरी राजीनामा दिएको ओलीले बताए।

उनले राजीनामा पत्रमा लेखेका छन् ‘गुटवाद, अराजकताले महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनबाट संविधान सभा मार्फत बनेको नयाँ संविधानमा उल्लेख भएका संघीयता, गणतन्त्र, समानुपातिक, समावेशिता, धर्म निरपेक्षता, सामाजिक न्याय जस्ता महत्त्वपूर्ण उपलब्धिको रक्षा र संस्थागत विकास हुन सक्दैन कि भन्ने लागेर मैले आजकै मितिमा नेकपा माओवादी केन्द्रको पार्टी सदस्य समेत नरहने गरी सबै जिम्मेवारीबाट आफ्नो नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति, रुकुमपूर्वका संयोजक समक्ष राजीनामा दिएको छु।’ 

पार्टीलाई सबै खाले गुटवाद र अराजकतावादबाट मुक्त बनाइ जनचाहना अनुसारको पार्टी बनाउन नसकेको उल्लेख गरेका छन्। 

अब कुन पार्टीमा प्रवेश गर्नुहुन्छ? भन्ने प्रश्नमा प्रश्नमा आफू अब स्वतन्त्र रूपमा सकेको समाज सेवा गरिराख्ने तर, अन्य पार्टीमा प्रवेश भने नगर्ने बताए। उनी २०७४ को स्थानीय तहको निर्वाचनमा भूमे–६ बाट वडा सदस्यमा निर्वाचित भएका हुन्। हाल जिल्ला समन्वय समिति रुकुमपूर्वको प्रमुख पदमा रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.