|

सुर्खेत :  रुकुम पश्चिम चौरजहारी नगरपालिकाको मतगणना सम्पन्न भएको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम बमोजिम नगर प्रमुख र उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्प वादी र इश्वरी कुमारी शर्मा विएम विजयी भएका छन्। 

१४ वटा वडा रहेको नगरपालिकामा ११ वटा वडाका वडाअध्यक्ष पदमा माओवादी केन्द्र र ३ वटा वडाका वडाअध्यक्ष पदमा नेपाली कांग्रेस (एमाले–कांग्रेस गठबन्धन) का उम्मेदवार विजयी भएका छन्। 

२०७४ सालको स्थानीय निर्वाचनमा एकल प्रतिस्पर्धामा ४ वटा वडा गुमाएको माओवादी केन्द्रले यसपटक एमाले–कांग्रेस गठबन्धनको बीचबाट १ वटा वडा फिर्ता लिन सफल भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.