|

दैलेख : दैलेखको दुल्लु नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका भरत रिजाल विजयी भएका छन्। रिजालले नेकपा एमालेका रुद्र शाहीलाई पराजित गर्दै नगर प्रमुखमा विजयी भएका हुन्। 

रिजालले ७ हजार ७२५ मत प्राप्त गर्दै विजयी भएका छन् भने एमालेका शाहीले ७ हजार ५९२ मत ल्याउँदै पराजित भएका छन्। उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। 

उपप्रमुखमा एमालेका बिना कार्कीले नेकपा माओवादीका टेकबहादुर खड्कालाई पराजित गरेकी हुन्। कार्कीले ७ हजार १६० मत प्राप्त गरेकी छन्। माओवादी केन्द्रका खड्काले ७ हजार ८७ मत प्राप्त गर्दै पराजित भएका हुन्। दुल्लु नगरपालिकामा नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन थियो। 

११ वटा स्थानीय तह रहेको दैलेखमा अहिलेसम्म १० वटा स्थानीय तहको मत परिमाण सार्वजनिक भैसकेको छ। मत परिमाण सार्वजनिक १० स्थानीय तह मध्ये नेपाली कांग्रेसले पाँच स्थानीय तहमा जित हात पारेको छ। 

अन्य छ स्थानीय तह मध्ये नेकपा एमालेले तिन र नेकपा माओवादी केन्द्रले दुई स्थानीय तहमा जित हासिल गरेको छ। ११ स्थानीय तह मध्ये यहाँको आठविस नगरपालिकामा मत गणना कार्य चली रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.