|

जनकपुरधाम : अज्ञात समूहले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ को एक घरमा लुटपाट गरी आगजनी गरेको छ। 

उपमहानगरपालिका वडा नम्बर ४  कटैयाचौरीस्थित अजय साहको घरमा लुटपाट गर्दै आगजनी गरेको पीडित साहले जानकारी दिए।

साहको घर रहे पनि मनरा शिस्वा  नगरपालिका वडा नम्बर ९ बथनाहाका राजकुमार झा परिवार सहित बस्दै आएका थिए। 

आगजनीमा परी ३ वटा एसी,फ्रीज,लुगा फाटो, दराज, सोफासेट,एलईडी लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्।

आगजनीमा झ्याल, ढोका भेन्टिलेटर लगायतका सामान समेत जलेर नष्ट भए।

आगजनीअघि अज्ञात समूहले मेडिकल व्यवसायी झाको डेढ लाख नगद, पाँच तोला सुनको गहना, १० तोला चाँदीको गहना तथा केही अन्य सामान चोरेर लगेको छ। 

घटना अबेर  राति भए पनि बुधवार बिहान मात्रै स्थानीयवासीले देखेपछि झाका परिवारजनलाई खबर गरेका थिए। 

झा अहिले भारततर्फ तीर्थयात्रामा गएका वेला घरमा कोही नरहेको समयमा बाहिर ताल्चा काटेर भित्र पट्टी फ्ल्याटको ढोका तोडेर लुटपाट मचाउँदै आगजनी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

यस प्रकारको घटना हुँदा पनि प्रहरीले सुरक्षा व्यवस्थामाथि प्रश्न चिह्न उठेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.