|

सिन्धुली : सिन्धुलीको दूधौली नगरपालिकाको मेयरमा सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का दिनेश अधिकारी दनुवार विजयी भएका छन्। बुधवार सम्पन्न मत गणनाको अन्तिम मत परिणाम अनुसार १५ हजार ८३८ मत ल्याएर उनी विजयी भएका हुन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेयरका उम्मेदवार लक्ष्मण कुमार कार्कीलाई ५ हजार १८६ मत अन्तरले पराजित गरेका छन्। पराजित भएका एमालेका लक्ष्मण कुमार कार्कीले १० हजार ६ सय ५२ मत ल्याएका छन्।

नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका नन्दकिशोर थारु १४ हजार २१३ मत ल्याएर विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकुमारी अधिकारीलाई ३ हजार ६०२ मतको मतान्तरले पराजित गरेका हुन्।

पराजित एमालेका उपमेयरका उम्मेदवार दनुवारले १० हजार ६५२ मत ल्याएका छन्।

१४ वटा वडाहरू रहेको दूधौली नगरपालिकामा ७ वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ४ वडामा नेकपा एमाले र ३ वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

नेपाली कांग्रेसको तर्फबाट वडा नं. १ मा कांग्रेसका जय बहादुर पौडेल, वडा नं. ३ मा भद्रा कुमारी माझी, वडा नं. ४ मा रीत बहादुर विश्वकर्मा, वडा नं. ५ मा यदु प्रसाद काफ्ले, वडा नं.६ मा कमान सिं आले मगर, वडा नं. ७ मा राजन दाहाल र वडा नं. ८ मा केशव बराल वडाअध्यक्षमा विजयी भएका छन्।

त्यस्तै नेकपा एमालेका तर्फबाट वडा नं. २ मा रितेश राउत, वडा नं. ९ मा देव प्रसाद अधिकारी, वडा नं. १० मा कुमार शर्मा, वडा नं. ११ पवन कार्की वडाअध्यक्षमा विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नं. १२ मा दिनेश कुमार भट्टराई, वडा नं. १३ मा दिपक खड्का र वडा नं. १४ मा भैर बहादुर पुलामी मगर विजयी भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.