|

विराटनगर : हस्ताक्षर बिनाको मतपत्र भेटिएको भन्दै स्थानीयवासी आन्दोलित भएपछि धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ।

मतदान अधिकृतको हस्ताक्षर बिनाको १८ वटा मतपत्र भेटिएपछि स्थानीयवासी आन्दोलित हुँदा मतगणना रोकिएको हो। 

१८ वटै मतपत्रमा माओवादीको उम्मेदवारलाई परेका थिए। कांग्रेसका पदमबहादुर लिम्बुले ४ मतान्तरले विजयी भएका थिए। तर  विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन। 

माओवादी केन्द्रका विजयी तामाङ उनको निकटतम प्रतिस्पर्धी छन्। दलको नेता तथा उम्मेदवारहरूलाई छलफलका लागि बोलाइएको निर्वाचन अधिकृत गणेश खतिवडाले बताए। माओवादीका कार्यकर्ता भने मत सदर हुनुपर्ने अडान राख्दै नारा जुलुस गरिरहेका छन्। मतगणनामा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.