|

धनकुटा : शहीदभूमि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षामा एमालेका उम्मेदवार विजयी भएका छन्।  अध्यक्षका उम्मेदवार मनोज राई १८७ मतान्तरले विजयी भएका हुन्।

उनले ४ हजार २२४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जितबहादुर राईले ४ हजार २७ पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

यस्तै उपप्रमुखमा एमालेकै रत्नेश्वरी राई विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका तोर्ण खड्का रहेका थिए। राईले ३ हजार ६७२ मत पाउँदा खड्काले ३ हजार ३७१ मत पाए। शहीदभूमि गाउँपालिकाको मत परिणामअनुसार वडा नं. २, ३, ६ र ७ मा एमालेका उम्मेदवार विजयी भएका छन्। वडा नं. १, ४ र ५ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

शहीदभूमि गाउँपालिका अध्यक्षमा मनोज र उपाध्यक्षमा रत्नेश्वरी दोस्रो कार्यकालकका लागि दोहोरिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.