माओवादीको दरिलो उपस्थिति

|

दैलेख : बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। ११ स्थानीय तह रहेको दैलेखमा नेपाली कांग्रेसले पाँच वटा स्थानीय तहमा प्रमुख जित्दै पहिलो बनेको छ।

नेकपा एमालेको बलियो पकेट मानिने क्षेत्र-२ का पाँच वटा स्थानीय तहमा यसपालिको निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ। क्षेत्र-२ का ४ वटा स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको छ।

क्षेत्र- १ अन्तर्गत महाबु गाउँपालिकामा प्रमुख–उपप्रमुख र भगवातीमाई गाउँपालिकामा उपप्रमुख जित्दै दैलेखमा कांग्रेस पहिलो बनेको हो।

कांग्रेसले क्षेत्र-१ अन्तर्गत महाबु गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा जित हात पारेको छ। क्षेत्र-२ अन्तर्गत भैरवी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष, दुल्लु नगरपालिकामा प्रमुख, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा प्रमुख–उपप्रमुख, ठाँटीकाँध गाउँपालिकामा अध्यक्ष गरी पाँच स्थानीय तहमा जित हाँसिल गरेको छ।

क्षेत्र गत रुपमा यसअघिको कांग्रेसको विरासत हेर्ने हो भने नेपाली कांग्रेसले क्षेत्र-१ मा आफ्नो विरासत गुमाएको छ भने क्षेत्र-२ नेकपा एमालेले आफ्नो विरासत गुमाएको छ। नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीसँग तालमेल गरेर आफ्नो उपस्थिति दरिलो बनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी एमालेले ०७४ मा सम्पन्न स्थानीय तहमा जित हाँसिल गरेको क्षेत्र-२ को विरासत गुमाए पनि क्षेत्र-१ मा प्रभावकारी उपस्थिति जनाएको छ। ०७४ को स्थानीय तहको निर्वाचनताका एमालेले दैलेखका ११ स्थानीय तह मध्ये सात स्थानीय तहमा प्रमुख जित्दै पहिलो शक्ति बनेको थियो।

यसपालिको निर्वाचनमा बलियो आधार बनाएका चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा पार्टी भित्रैको अन्तर्घातका कारण एमाले चुनावमा पराजित भएको छ। ‘पार्टी विभाजनको असर समेत क्षेत्र-२ मा थिएन तर शीर्ष नेताहरुको पुरानै रिसिबीका कारण चुनावमा पराजय भयो’, एमाले जिल्लाका एक नेताले भने।

नेपाली कांग्रेसले पनि क्षेत्र-१ मा पार्टी भित्रैको अन्तर्घातका कारण चुनाव हारेको विषयलाई मुख्य विषयको रुपमा लिएको छ। यस अघि कांग्रेसले विजय प्राप्त गरेर बलियो पकड मानिएको गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका र नौमूले गाउँपालिकामा शिर्ष नेताहरूबीच टिकट बाँडफाँडको बिषय देखिनै देखिएका असन्तुष्टिहरू चुनावका बेलामा देखिएको र त्यसकै कारण पराजित भएको कांग्रेस नेताहरुले बताएका छन्।

वैशाख ३० मा सम्पन्न निर्वाचनमा नेकपा एमालेले यहाँको नारायण नगरपालिकामा प्रमुख–उपप्रमुख, गुराँस गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष, डुंगेश्वर गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष आठबीस नगरपालिकामा प्रमुख–उपप्रमुख, दुल्लुमा उपप्रमुख र ठाँटीकाँधका उपप्रमुख जित्दै दोस्रो स्थानमा रहेको छ।

०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा दैलेखका ११ स्थानीय तहका ९० वडामा न्यून उपस्थिति जनाएको नेकपा माओवादी केन्द्रले ०७९ मा आएर दुई स्थानीय तहमा स्थानीय सरकार प्रमुखमा जित हाँसिल गरेको छ।

दैलेखको नौमूले गाउँपालिका र भगवतीमाई गाउँपालिकामा नेकपा एकीकृत समाजवादीसँग चुनावी गठबन्धन गरेको माओवादीले दुई वटै पालिका प्रमुखमा जितेको हो। एमाले विभाजन पछि बनेको नेकपा एकीकृत समाजवादीले दैलेखका ११ स्थानीय तह मध्ये एक गाउँपालिकामा मात्र उपाध्यक्ष जितेको छ।

०७४ मा भएको स्थानीय तह निर्वाचनमा दैलेखका ११ स्थानीय तह मध्ये ७ स्थानीय तहमा जित हाँसिल गरेको एमालेले अहिले ४ स्थानीय तहमा खुम्चिनु परेको छ। ०७४ मा एमालेले यहाँको भैरवी, ठाँटिकाध, चामुण्डा विन्द्रासैनी नगरपालिका र आठविस नगरपालिका गरी क्षेत्र नं. २ का ४ स्थानीय तहमा प्रमुख–उपप्रमुख  दुल्लुमा उपप्रमुख जितेको थियो।

तर ०७९ मा आउँदा क्षेत्र नं. २ का पाँच स्थानीय तह मध्ये एमालेले आठविस नगरपालिकामा प्रमुख–उपप्रमुख, दुल्लु नगरपालिकामा उपप्रमुख र ठाँटिकाध गाउँपालिकामा उपाध्यक्षमा सीमित भएको छ। एमालेले ०७४ मा प्रमुख–उपप्रमुख जितेको क्षेत्र नं. १ अन्तर्गतको भगवतिमाई गाउँपालिकामा पनि अहिले पराजित हुनु परेको छ।

यता, नेपाली कांग्रेसले पनि ०७४ मा तितेका स्थानीय तहमा आफ्नो विरासत गुमाएको छ। ०७४ मा कांग्रेसले यहाँको नौमुले गाउँपालिकामा प्रमुख–उपप्रमुख, डुंगेश्वर गाउँपालिका प्रमुख–प्रमुख र गुराँस गाउँपालिका प्रमुख–उपप्रमुखमा जितेको थियो।

वडामा एमाले अघि

११ वटा स्थानीय तहका ९० वडामा एमाले अघि रहेको छ। एमालेले ४० वडामा वडा अध्यक्ष जित्दै पहिलो बनेको हो। नेपाली कांग्रेसले दैलेखका ३६ वडामा वडा अध्यक्ष जित्दै दोस्रो स्थानमा रहेको छ।

दैलेखका ९० वडा मध्ये माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ५ र नेपाल मजदुर किसान पार्टीले ३ वडामा जित हाँसिल गरेको छ।

को कहाँ विजयी ?

 नारायण नगरपालिका, प्रमुख : लोमन शर्मा (एमाले) उपप्रमुख : तप्ताकुमारी थापा (एमाले)

 दुल्लु नगरपालिका, प्रमुख : भरत रिजाल (कांग्रेस), उपप्रमुख : विना कार्की (एमाले),

 आठबिस नगरपालिका प्रमुख : तर्कबहादुर बडूवाल (एमाले), उपप्रमुख : कल्पना थापा (एमाले)।

चामुण्डा बिन्द्रासैनी नगरपालिका, प्रमुख : गणेशबहादुर शाही (कांग्रेस) उपप्रमुख : मनसरा शर्मा (कांग्रेस) गुराँस गाउँपालिका, अध्यक्ष : टोपबहादुर बिसी (एमाले), उपाध्यक्ष : शिवाकुमारी खड्का (एमाले)

महाबु गाउँपालिका, अध्यक्ष : लछुमन गुरुङ (कांग्रेस), उपाध्यक्ष : मञ्जु पाण्डे (कांग्रेस)

ठाँटीकाँध गाउँपालिका, अध्यक्ष : रक्षबहादुर शाही (कांग्रेस), उपाध्यक्ष : देवीराम बडूवाल (एमाले) भगवतीमाइ गाउँपालिका, अध्यक्ष : गणेश थापा (माओवादी केन्द्र) उपाध्यक्ष : मिना थापा खड्का (कांग्रेस)

डुङ्गेश्वर गाउँपालिका, अध्यक्ष : सुन्दर केसी (एमाले), उपाध्यक्ष : कलावती न्यौपाने (एमाले)

भैरवी गाउँपालिका, अध्यक्ष : रिता शाही (कांग्रेस), उपाध्यक्ष : देवी भण्डारी (कांग्रेस), नौमुले गाउँपालिका, अध्यक्ष : छवि सुवेदी (माओवादी केन्द्र), उपाध्यक्ष : गंगबहादुर शाही (समाजवादी)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.